नियम ३५
रुग्ण उद्योगको वर्गीकरण
(१) ऐनको दफा ४० बमोजिम रुग्ण उद्योगको वर्गीकरण देहायको मापदण्डको आधारमा गरिनेछ:-

(क) पूर्ण रुग्ण उद्योग:-

(१) पछिल्ला तीन वर्षदेखि लगातार घाटामा सञ्चालन भई उच्चोगको पूँजी (इक्विटी) सत्तरी प्रतिशतभन्दा बढीले कमी भएको,

(२) पछिल्ला तीन वर्षसम्म- लगातार जडित क्षमताको बीस प्रतिशतभन्दा, कम क्षमतामा सञ्चालनमा रहेको,

(३) अन्य कुनै कारणले पछिल्ला तीन वर्षसम्म उद्योग पूर्ण रूपमा बन्द. रहेको, र

(४) ऐन तथा यस नियमावली बमोजिम नेपाल सरकारले कुनै छुट, सुविधा वा सहुलियत दिँदा बढीमा पाँच वर्षभित्रमा नाफामा सञ्चालन हुन सक्ने देखिएको ।

(ख) रुग्ण उद्योग:-

(१) पछिल्ला तीन वर्षदेखि लगातार घाटामा सञ्चालन भई उद्योगको पूँजी (इक्विटी) पचास प्रतिशतभन्दा बढीले कमी भएको,

(२) पछिल्ला तीन वर्षसम्म लगातार जडित क्षमताको पच्चीस प्रतिशतभन्दा कम क्षमतामा सञ्चालनमा रहेको, (३) नियतवश वा व्यवस्थापकीय कमजोरीको कारणबाहेक अन्य कुनै कारणले पछिल्ला दुई वर्षसम्म उद्योग पूर्ण रूपमा बन्द रहेको, र

(४) ऐन तथा यस नियमावलीबमोजिम नेपाल सरकारले कुनै छुट, सुविधा वा सहुलियत दिँदा बढीमा तीन वर्षभित्रमा नाफामा सञ्चालन हुन सक्ने देखिएको ।

(ग) रुग्ण उन्मुख उद्योग:-

(१) पछिल्ला तीन वर्षदेखि घाटामा सञ्चालन भई उद्योगको पूँजी (इक्विटी) तीस प्रतिशतभन्दा बढीले कमी भएको,

(२) पछिल्ला तीन वर्षसम्म लगातार जडित क्षमताको तीस प्रतिशतभन्दा कम क्षमतामा सञ्चालनमा रहेको,

(३) अन्य कुनै कारणले पछिल्लो एक वर्षदेखि उद्योग पूर्ण रूपमा बन्द रहेको, र

(४) ऐन तथा यस नियमावलीबमोजिम नेपाल सरकारले कुनै छुट, सुविधा वा सहुलियत दिँदा बढीमा दुई वर्षभित्रमा नाफामा सञ्चालन हुन सक्ने देखिएको ।

(२) उपनियम (१) बमोजिम रुग्ण उच्योगको वर्गीकरण गर्दा उच्चोगको व्यावसायिक योजना वा कार्ययोजना, उद्योगले विगतमा गरेको उत्पादन तथा उच्योगको लेखापरीक्षण प्रतिवेदन, प्राविधिक वा विज्ञ समेतको स्थलगत : निरीक्षण प्रतिवेदन समेतलाई आधार लिनु पर्नेछ।